देशभर आज थप १४२ जनामा कोरोना पुष्टि

न्युजलय १७ चैत २०७९, शुक्रबार ०६:१६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १४२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार एक हजार ७९ जनामा गरिएको परीक्षणमा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आज संक्रमणदर १३ प्रतिशत पुगेको छ। आज थप ४ जना संक्रमित निको हुँदा देशभर सक्रिय संक्रमित संख्या १६३ पुगेको हो। यसै अवधिमा ४३ हजार ७२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयले दिनदिनै कोरोना संक्रमित बढिरहेकाले सावधानी अपनाउन सचेत गराएको छ। मन्त्रालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र नजिकैको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो वा बुष्टर डोज कोरोनाविरुद्धको खोप लगाउन अनुरोध गरेको छ।