मोटरसाइकलको ठक्करबाट लेटाङमा एक महिलाको मृत्यु

न्युजलय ७ कार्तिक २०७८, आइतबार ०२:०० मा प्रकाशित

विराटनगर । मोरङको लेटाङमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

लेटाङ नगरपालिका–९ मा मे ८ प १९२६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ५० वर्षीया अम्बिका ढकाललाई आइतबार(आज) बिहान  ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

घटनाका बारेमा थप अनुसन्धान थालिएको छ ।