एजेन्सी । ह्वाट्सएपले ठूलो परिवर्तन गरेको छ। यसअन्तर्गत अब एकैपटक चारवटा फोनमा एउटै खाता प्रयोग (लग इन) गर्न सकिनेछ ।
यद्यपि, यो सुविधा अझै सबै ठाउँमा रोल आउट गरिएको छैन। आगामी दिनमा यसलाई क्रमशः सबैतिर ल्याइनेछ ।
ह्वाट्सएपको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले यो नयाँ फिचरको बारेमा जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत प्रयोगकर्तालाई अपडेट गरेका छन् ।