काठमाडौँ । नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ ।
कारोबार भएका आधारमा कूल ११६ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, १४० कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
कुल तीन सय ५३ कम्पनीको एक करोड नौ लाख २२ हजार पाँच सय २५ कित्ता शेयर चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार पाँच सय ६८ मूल्यमा खरिद बिक्री भएका छन् ।