नेप्से परिसूचक ९.८७ अंकले बढ्यो

न्युजलय ७ मङ्सिर २०८०, बिहिबार ०९:३० मा प्रकाशित

काठमाडौ ।  बिहीबार नेप्से परिसूचक ९.८७ अंकले बढेको छ।

यसदिन नेप्से परिसूचक ०.५३ प्रतिशतले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रूपैयाँ पुगेको छ। 

यस दिन २९२ वटा धितोपत्रको ४४ लाख २० हजार ५१८ कित्ता सेयर किनबेच भएको हो।