नेप्से परिसूचकमा गिरावट

न्युजलय २९ माघ २०८२, बुधबार ०९:३९ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।

आज ३२९ कम्पनीको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।