काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक जनालाई चौधरी समूहले रोजगारी दिने भएको छ।
सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आन्दोलनका क्रममा आफ्ना निजी सम्पत्तिमा ठूलो क्षति पुगेको भए पनि कम्पनीले देश र जनताप्रति आफ्नो जिम्मेवारी कायम राख्ने प्रतिबद्धता समेत जनाएको छ। सहिदहरूप्रति चौधरी समूहले श्रद्धाञ्जलि अर्पण गरेको छ।
चौधरी ग्रुपका अनुसार कम्पनी अहिले सहिद परिवारहरूसँग सम्पर्क गरिरहेको छ।