मुख र जिभ्रोमा खटिरा आएर हैरान हुनुहुन्छ ?

न्युजलय २५ बैशाख २०८०, सोमबार १२:१३ मा प्रकाशित

मुख तथा जिभ्रोमा धेरै कारणले खटिरा आउन सक्छ । कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ । तर यसको घरेलु उपचार सम्भव छ । 


लिकोरिस वा मुलेठी 

मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस् । अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस् । मुख र जिभ्रोका खटिरा हराउँछन् । 


घिउकुमारी 

घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ । 


नरिवल पानी 

नरिवलको पानीले पनि खटिरा ठीक पार्छ । 


हरियो धनियाको रस 

धनियालाई पानीमा उमाल्नुस् । अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस् । खटिरा गायब भइहाल्छन् । 


मह 

महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछन् । 


अलैंची चूर्ण 

अलैंचीको धूलोलाई महमा चोपेर खटिरामा लगाउने अनि (र्याल चुहाउने हो भने पनि खटिरा बिलाउँछन् । 


अम्बाका पात 

अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिभ्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ ।