सुनचाँदीको मुल्य घट्यो

न्युजलय ३२ भदौ २०८३, बिहिबार ११:२१ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २३ सयले घटेर तोलाको २ लाख ९९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख १ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४६२५ मा कारोबार भइरहेको छ ।