प्रदेश १ मा आज थप ११० जनामा कोरोना सङ्क्रमण

न्युजलय २६ असोज २०७८, मङ्गलबार १२:३२ मा प्रकाशित

इटहरी । प्रदेश १ मा आज थप ११० जनामा कोरोना भाइरस सङ्क्रमण दखिएको छ ।

५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेह्रथुममा २(२, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२४ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।