नेप्से परिसूचक ३१ अंकले घट्यो

न्युजलय १५ भदौ २०८२, आइतबार ०३:५४ मा प्रकाशित

काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक  ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा अडिएको छ।

यसदिन ३२१ स्क्रिप्सको १ करोड ४८ लाख  ५ हजार ५६९ कित्ता सेयर ६ अर्ब ६ करोड १८ लाख  २२ हजार ३७९ रुपैयाँमा खरिदबिक्री भए। 

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। 

कारोबारमा आएकामध्ये २१ स्टक्सको मूल्य बढ्दा २२८ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने स्थिर रह्यो।