काठमाडौँ । भारत सरकारले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहारस्वरुप हस्तान्तरण गरेका हुन् ।
विदेश सचिव मिश्री नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ हस्तान्तरण गरेका हुन् ।
साथै ६ वटा सैनिक घोडा र २ वटा सैनिक कुकुरसमेत उनले हस्तान्तरण गरेको भारतीय दुताबासले जानकारी दिएको छ ।
मिश्रीले केही स्वास्थ्य सामग्रीहरू समेत हस्तान्तरण गरेका छन्।