सुनसरी । इटहरी जेसीजको आयोजनामा जेसीज सप्ताह २०२३ अन्तर्गत भएको मैत्रीपूर्ण फुटसल खेलमा नेपाल प्रेस युनियन सुनसरी शाखाले उद्योग बाणिज्य संघ इटहरीलाई ४ का विरुद्ध ६ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ ।
विहिवार इटहरी ५ स्थित रहेको पाथिभरा फुटसल खेल मैदानमा भएको खेलमा प्रेस युनियनका राजकुमार श्रेष्ठले खेलको ३ औ मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको छैटौँ मिनेटमा युनियनकै राजकुमारले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उद्योग बाणिज्य संघ इटहरीका खेलाडी सुरेस कार्कीले खेलको ८ औ मिनेटमा गोल गरेका थिए ।
११ औ मिनेटमा युनियनका अर्जुन चौधरीले गोल गर्दै १ का बिरुद्ध ३ गोलले अग्रता दिलाएका थिए । १३ औ मिनेटमा उधोग बाणिज्य संघका विष्णु डागीले प्रहार गरेको सुट गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा उधोग बाणिज्य संघ लाई २ का विरुद्ध ३ गोल गर्दै अगाडी बडेको युनियन सुनसरीले दोस्रो हापको १७ औ मिनेटमा युनियनका सेभित चौधरीले थप एक गोल गरेका थिए ।
त्यस्तै खेलको १९ औ मिनेटमा बाणिज्य संघका विष्णु डांगीले अर्को गोल गरेका थिए । उद्योग बाणिज्य संघका खेलाडीहरु खेललाई बराबरी बनाउन कडा मिहिनेतका साथ लागि परेपनि दास्रो हापको २१ औ मिनेट युनियका राजकुमार श्रेष्ठले थप गोल गरे l
दास्रो हाफकै २५ औँ मिनेटमा बाणिज्य संघका विष्णु डांगीले प्रहार गरेको सुट गोलमा परिणत भएको थियो । प्रेस युनियनका राजकुमार श्रेष्ठले दोस्रो हाफको २७ औ मिनेटमा अर्को गोल गर्दै प्रेस युनियन सुनसरी ४ का विरुद्ध ६ गोल गर्दै विजय भएको हो ।
युनियनका अध्यक्ष धु्रव ढकालको कप्तानीमा बाबुराम कार्की, कोवितजंग कार्की, राजकुमार श्रेष्ठ, निसान प्रकृति थारु, धिरेन चौधरी, अर्जुन चौधरी, समिर चौधरी र सोभित चौधरीको टिम रहेको थियो ।
उद्योग बाणिज्य संघका अध्यक्ष जीवन पराजुली, विष्णु डांगी, सुरेश कार्की, ढुन्डीराज गुरागाँई, दिलिप पराजुली, राकेश श्रेष्ठ, राजिव घिमिरे, अभिषेक वास्तोला र सिनेट रिजाल रहेको टिम मैदानमा उत्रेको थियो ।
मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन प्रमुख अतिथि इटहरी वडा नं.६ का अध्यक्ष दिवश पोख्रेलले रेफ्रि लाई फुटवल दिएर खेल सुरु गरिएकोे थियो । इटहरी जेसीजले सप्ताहव्यापी कार्यक्रम असार ९ गतेदेखि दैनिक विभिन्न कार्यक्रम गर्दै मानाईरहेको अध्यक्ष योगेन्द्र पौडेल बताए । उनले भने ‘स्वास्थ्य सिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, धार्मिक हाजिर जवाफ लगायतका कार्यहरु गरेको छ ।’