३२ अंकले घट्यो सेयर बजार

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०९:२५ मा प्रकाशित

काठमाडौं । बिहीबार(आज) सेयर बजार ओरालो लागेको छ। 

आज  कारोबार मापन परिसूचक (नेप्से) ३२.३९ अंकले घटेर २७६९.३९ विन्दुमा पुगेको छ। बुधबारसम्म निरन्तर उकालो लागेको सेयर बजार बिहीबार भने घटेको हो। 

बिहीबार २२४ कम्पनीको ९८ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। बिहीबार ६० करोड ४४ लाख रुपैयाँभन्दा बढी रकमको खरिदबिक्रीसहित नेपाल टेलिकम अग्रस्थानमा रह्यो। 

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ७ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार भने  ६ अर्ब २७ करोड १८ लाख रुपैयाँको कारोबार भयो। 

बिहीबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य पनि सकारात्मक सर्किटको लेभलमा पुग्ने गरी बढेको छ।