काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा बहस सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बहस सकिएको हो ।
उक्त रिटमा गत सोमबारदेखि सुनुवाइ हुँदै आएको थियो । यसअघि तीन दिन ‘हेर्दाहेर्दै’मा रहँदै आएको रिटमा आज बहस सकिएसँगै आदेश आउन सक्ने सम्भावना छ ।