काठमाडौं । विराटनगरबाट काठमाडौं उडेको यति एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि पोखरा डाइभर्ट गरिएको छ ।
काठमाडौंको मौसम खराब भएपछि ६९ जना यात्रु बोकेको जहाज पोखरा अवतरण गरिएको हो ।
पोखराको विमानस्थल भने खुलेको छ । विमानस्थलका अनुसार विराटनगरको जहाज पोखरा ल्याण्ड भएको र फेरि काठमाडौं नै फर्किने तयारीसमेत गरिएको छ ।