विहीबार साँझसम्ममा बिजुली आउने

न्युजलय ४ कार्तिक २०७८, बिहिबार ०२:३८ मा प्रकाशित

इटहरी । पुर्वमा विहीबार साँझसम्ममा विद्युत् प्रशारण नियमित हुने दुहबी ग्रीडले जानकारी दिएको छ । 

विहीबार पानी नपरे साँझसम्ममा विद्युत् प्रशारण नियमित हुने जनाइएको छ । दुहबी ग्रीडमा रहेको कन्ट्रोल रुम पानीमा डुबेपछि मंगलबार रातीदेखि प्रदेश १ मा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवादेखि उद्योग, कारखाना, बैंक तथा वित्तीय संस्थाहरुसम्मलाई समस्या परेको छ ।

बुधवार दिनभरि पानी तर्काएर १३२ केभी प्रसारण लाइन अन्तर्गत झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा विद्युत सुचारु भएको जानकारी दिँदै ग्रिडले बाँकी जिल्लामा भने बिहीबार साँझसम्ममा विद्युत सुचारु हुन सक्ने जनाएको छ । पानी तर्काउनको लागि सेनासहितको टोली खटिएको छ ।