प्रदेश १ मा आज थप ८० जनामा कोरोना पुष्टि

न्युजलय १६ कार्तिक २०७८, मङ्गलबार ०६:३५ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। ४८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, सङ्खुवासभा, इलाम, तेह्रथुम र ओखलढुङ्गामा १(१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३५ महिला र ३३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।