२०७८ मंसिर ०६ गते सोमबारको राशिफल

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०६:५४ मा प्रकाशित

मेष । आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

 

वृष । आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक धन लाभ हुनेछ , तर टाढाको यात्रा फलदायी हुँदैन ।

 

मिथुन । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

 

कर्कट । आज पारिवारिक समस्या आइपर्ला । आफैले गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

 

सिंह । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

 

कन्या । आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

 

तुला । शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

 

वृश्चिक । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

 

धनु । आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ ।

 

मकर । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

 

कुम्भ । अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

 

मीन । आज धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।