त्रिदेशीय टी–२० क्रिकेटको फाइनलमा आज नेपाल र युएईबीच भिडन्त

न्युजलय १० कार्तिक २०८०, शुक्रबार १२:२५ मा प्रकाशित

काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ ।


खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ ।

नेपालले हङकङ र यूएईलाई समान २र२ खेलमा हराएको थियो । यूएईले हङकङलाई १ खेलमा हराउँदै नेट रनरेटका कारण फाइनलमा पुगेको हो । नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।


आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ ९क्यान० ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।