नेप्सेमा ३०.०२ अंकको गिरावट

न्युजलय २४ कार्तिक २०८२, आइतबार ०३:१९ मा प्रकाशित

काठमाडौं  । आज नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६. ०९ को विन्दुमा झरेको छ ।

नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ ।

आज २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।