नेप्से दोहोरो अंकले बढ्यो

न्युजलय २४ फाल्गुण २०८०, बिहिबार १०:१८ मा प्रकाशित

काठमाडौँ । बिहिबार(आज) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बिहीबार नेप्से १३.५१ अंकले बढेर दुई हजार ३०.५५ विन्दुमा पुगेको हो।

नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि बढेका छन्। कुल तीन सय नौ कम्पनीका ८९ लाख २९ हजारबराबर कित्ता सेयर तीन अर्ब १९ करोड ९२ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।

आज होटेल तथा पर्यटन, म्युचल फन्ड र व्यापार समूहबाहेक सबै समूहका सूचक बढेका छन्।