सुनसरी । सुनसरीको बराहक्षेत्र नियन्त्रित लागु औषध सहित २ जना पक्राउ परेका छन् ।
सोमबार दिउँसो प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ति टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र–१० का २१ बर्षीय मिन बहादुर राईको साथबाट स्पाईसनो–९६ टयाब्लेट, नाइट्रोजन–५० टयाब्लेट र डाईजोपाम १६ थान सहित पक्राउ गरेको हो ।
यस्तै प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ति टोलीले बराहक्षेत्र–७ बाङ्गेका २३ बर्षीय अनिश बिष्टलाई एसपि ९ टयाब्लेट, एमभल्ब १२७ थान सहित पक्राउ गरेको छ ।
प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।