मध्य भोटेकोशीको सेयर कारोबार खुला

न्युजलय ११ पुस २०७८, आइतबार ०८:२४ मा प्रकाशित

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर कारोबार आइतबार(आज) देखि खुला भएको छ । 

मध्य भोटेकोशीको पहिलो कारोबार प्रतिकित्ता १०० रुपैयाँमा खुला भएको हो । कारोबार खुला भएकै दिन यस कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । 

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ९४ रुपैयाँ ३९ पैसादेखि अधिकतम २८३ रुपैयाँ १७ पैसा तोकेको थियो । सोही रेन्जभित्र रहेर पहिलो कारोबार भएको हो ।