सेयर बजार ८.७१ अंकले घट्यो

न्युजलय १९ पुस २०८०, बिहिबार ०९:१७ मा प्रकाशित

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) सेयर बजारको परिसूचक नेप्से ८.७१ अंक घटेको छ । 

सो अंकको कमीपछि नेप्से परिसूचक २०४९ विन्दुमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोडको भएको छ । कुल ११३ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ५ को स्थिर रह्यो ।

समग्र बजार घट्दा ब्यापार समूह २।.३, हाइड्रोपावर १.८ र लगानी समूह १.१ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशत घट्यो ।