विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी आइतवार(आज) बिहान पक्राउ परेका छन् ।
उनलाई मानव तस्करी गरेको आरोपमा पक्राउ गरिएको हो । उनी आज विहान विराटनगरबाट पक्राउ परेका हुन् । उनलाई विराटनगरबाट काठमाडौं ल्याइदैछ ।
मन्त्री अधिकारीलाई जापान भ्रमणको क्रममा मानव तस्करी गरेको आरोप लागेको हो ।
आफूलाई आरोप लागेपछि अधिकारीले मन्त्री पद र पार्टी संसदीय दलको नेताबाट राजीनामा पनि दिइसकेका छन् ।
यसको साथै अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट पनि निलम्बन गरिसकेको छ ।
मन्त्री अधिकारी एमालेबाट मोरङ जिल्लाको प्रतिनिधिसभामा क्षेत्र नम्बर २ को प्रदेशसभाबाट निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भएका थिए ।