६० अंकले बढ्यो नेप्से

न्युजलय १८ पुस २०७८, आइतबार ०९:०८ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) सेयर बजारको परिसूचक नेप्से ६०. ४ अंकले बढेको छ । 

सो अंकको वृद्धिसँगै नेप्से २५८४ अंकमा पुगेको छ । कुल ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबै उपसमूह बढेका छन् ।

बैंकिङ ३३, ब्यापार १९, होटल तथा पर्यटन ४२, विकास बैंक १४४, जलविद्युत ४६, फाइनान्स १२, निर्जीवन बीमा ४११, उत्पादन ३४८, अन्य ४४, माइक्रोफाइनान्स १४० र जीवन बीमा उपसमूह ३४४ अंकले बढे ।

कुल १६८ कम्पनीको मूल्य बढ्यो भने १८ को घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई कम्पनीहरु हिमालयन डिस्टिलरी र मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो ।