काठमाडौं । आइतबार(आज) शेयर बजार ओरालो झरेको छ ।
आज बजार २२.१४ अंकले घटेको हो । १.०३ प्रतिशतले बजारमा करेक्शन आउँदा नेप्से परिसूचक २१०९.३४ अंकमा झरेको छ ।
आज होटल समूह र म्युचुअल फण्डबाहेक अरु सबै राताम्मे भएका छन् । होटल ३.३७ र म्युचुअल फण्ड ०.२१ प्रतिशतले बढेका छन् । लघुवित्त सबैभन्दा बढी १.७८ प्रतिशतले घटेको छ ।
आज ३१५ कम्पनीका १ करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता शेयर किनबेच हँुदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१।७० रुपियाँ बराबरको कारोबार भएको हो ।