काठमाडौँ । आज सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार परिसूचक ५३.८७ अंकले घटेर २९४९.१९ विन्दुमा पुगेको हो ।
सेयर बजार अघिल्लो दिन ३ हजार विन्दु भन्दा माथि पुगेको थियो । तर उक्त विन्दुमा बजार एक दिन पनि टिक्न सकेन । आज बजार अघिल्लो दिनको भन्दा १.७६ प्रतिशतले घटेको हो ।
आज सेयर बजारमा ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर १ लाख ४१ हजार ५२० पटक खरिद बिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।