काठमाडौँ । आज सेयर बजार नेप्से परिसूचक १३.८४ अंकले घटेर २,६२० को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ ।
आज यस कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।