चितवन । चितवनमा बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका २९ सत्रकिलोस्थित नारायणगढ मुग्लिङ सडकखण्डमा शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं. को गाडी मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नं. को बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र एकजना गम्भीर रहेको डिएसपी रिजालले बताए।
माइक्रोका चालक अन्दाजी ४० वर्षीय पुरूष, उक्त गाडीमा सवार गोरखा आरूघाट गाउँपालिका(१ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरूङ, अन्दाजी ४० वर्षीया महिला, ३२ वर्षीया पुरूष र ३५ वर्ष वर्षीय पुरूषको मृत्यु भएको छ।
चार जनाको सनाखत हुन बाँकी छ।