इटहरी । मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवा खोलामा डुबेर १ जना बालिकको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–३ घर भई हाल मामा साङ्गे लामा संग बस्दै आएकी ३ बर्षीया बालिका सानी तामाङको डुबेर ज्यान गएको हो ।
आइतबार दिउँसो हराएको भनी प्रहरी चौकी बवियाविर्तामा जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली र बालिकाको आफन्तले बालिकाको खोजतलाश गर्दै जाने क्रममा खोलामा डुबेर मृत अवस्थामा बालिका फेला परेकी हुन् ।
उक्र घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।