कक्षा ९ मा पढ्नेलाई निःशुल्क साइकल

न्युजलय ३ जेठ २०८१, बिहिबार ०३:०५ मा प्रकाशित

झापा । झापा गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको छ । 

कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई साइकल वितरण गरेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुकुमारी थपलियाले बताइन् ।

उनका अनुसार  पढ्न प्रोत्साहन गर्ने उद्देश्यले विसं २०७५ देखि वर्षैँपिच्छे निशुल्क साइकल वितरण गर्दै आएको हो ।

६ वर्षको अवधिमा एक हजार भन्दाबढी विद्यार्थीले पालिकाबाट अनुदानको साइकल पाएको जानकारी दिइन् । उनका अनुसार पालिकाभित्र पाँच वटा माध्यमिक विद्यालय छन् । यस वर्ष तीन सय ५३ वटा साइकल वितरण गरिएको पालिकाले जनाएको छ ।

जनता माविमा १३१, डिल्लीराज माविमा १३५, जनकल्याण माविमा ३५, कुवाडीदेवी माविमा २८ र महेन्द्र माविमा २४ वटा साइकल वितरण गरिएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिइन् ।