सेयर बजारमा पहिरो

न्युजलय ९ चैत २०८१, आइतबार ०३:२८ मा प्रकाशित

काठमाडौँ । आइतबार सेयर बजारमा पहिरो गएको छ । आन नेप्से ५३ अंकले घटेर परिसुचक २६१६ बिन्दुमा पुगेर रोकिएको छ ।

आज १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १३ कम्पनीको सेयर बढ्यो भने २३० कम्पनीको सेयर घटेको छ ।

कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स अगाडि रह्यो । यसदिन मिथिला लघुबित्तको सेयर १० प्रतिशतले घट्यो ।