आदिवासी जनजाति चलचित्र महासंघद्वारा चलचित्रकर्मीहरु सम्मानित

न्युजलय १० माघ २०७९, मङ्गलबार ०८:३२ मा प्रकाशित

इटहरी । आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले आधा दर्जन चलचित्रकर्मीहरुलाई सम्मान गरेकोछ । 

प्रदेश १ मा ज्योती राज राई अध्यक्ष भएपछी महा संघले पह्लो पटक यती भव्य कार्यक्रम गरेको हो । महासंघले वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राई, कलाकार एवम समाजसेवी रितेश जङ पौडेल खत्री, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक फिल्म हलका सञ्चालक तथा थारु फिल्मका पहिलो अभिनेता पशुराम चौधरी, निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, लगायत आधा दर्जन चलचित्रकर्मीहरुलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’ द्वारा सम्मान गरेकोछ ।

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश १ संसद इन्द्र आङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘आदिवासी जनजाती चलचित्रको महत्व र आवस्यकता सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । कार्यक्रमको सह– आयोजक चलचित्र विकास बोर्ड रहेको थियो ।