विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक यही कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)ले आजका लागि तय गरिएको बैठक स्थगित गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । सोही कारण बैठक सारिएको जनाइएको छ ।
प्रदेशसभा सचिवालयले सूचना टाँस गरी बैठक स्थगित गरिएको जनाएको छ । आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो । बैठक कात्तिक १५ गते सोमबार दिउँसो बस्ने तय गरिएको छ ।