रमा अधिकारीको ‘म टुहुरी’ सार्वजनिक (भिडियोसहित)

न्युजलय २२ साउन २०७९, आइतबार ०२:२१ मा प्रकाशित

इटहरी । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुरो बनेका छोरा-छारीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । 


राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको गीतमा रमा अधिकारीको स्वर रहेको छ । गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । 

 

उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र बसन्त बस्नेतले गरेका हुन् । गीतको भिडियो इटहरी ३ स्थित खोर्साने खाप आसपासका क्षेत्रहरूमा छायाङ्कन गरिएको छ ।