रेडपाण्डाको छालासहित पाँच जना पक्राउ

न्युजलय ८ कार्तिक २०७८, सोमबार ०९:०६ मा प्रकाशित

काठमाडौं । महानगरीय अपराध महाशाखाले रेडपाण्डाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ । 


महाशाखाबाट खटिएको एक टोलीले राजधानीको चाबहिलमा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको भन्ने बिशेष सुचनाको आधारमा आइतबार पाँच जनालाई पक्राउ गरेको हो ।


महाशाखाको टोलीले चाबहिलको सत्कार क्याफेबाट अन्दाजी ९० सेन्टिमिटर लम्बाई र १५ से.मी.चौडाई भएको प्रतिबन्धित दुर्लभ रेड पान्डाको छालासहित काभ्रे जिल्ला रोशी गाउँपालिका का २६ वर्षीय युवक लामा, नुवाकोट जिल्ला पञ्चकन्या–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा जिल्ला सिलिचुङ गाउँपालिका २ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका २ का सुभाष गिरी र रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका ६ का २० वर्षीय दावा घलेलाई पक्राउ गरेको हो ।


उनीहरुको साथबाट ६ थान मोबाइल पनि बरामद भएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागी सोमबार जिल्ला बन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।