३२ अंकले बढ्यो नेप्से

न्युजलय २० मङ्सिर २०७८, सोमबार ०९:३० मा प्रकाशित

काठमाडौं । सेयर बजारमा सोमबार (आज) सुधार आएको छ। 

आज नेप्से ३२.२२ अंकले बढेर २५४६.०९ विन्दुमा उक्लिएको छ। आज कारोबार पनि साढे चार अर्ब रुपैयाँभन्दा बढी भएको छ। 

आज आइतबारको तुलनामा कारोबार रकम केही बढेको हो। आइतबार चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज बढेर चार अर्ब ५४ करोड २३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ।

आज कारोबारमा आएका २२७ कम्पनीका ९४ लाख ७१ हजार ३३१ कित्ता सेयर किनबेच भएका छन्।

आज सबैभन्दा धेरै विकास बैंक उपसमूहको सेयर मूल्य बढेको छ। यस उपसमूहको सेयर मूल्य यस दिन ३.४५ प्रतिशतले बढेको छ। यस्तै, जलविद्युत् कम्पनी र फाइनान्स कम्पनी उपसमूहको सेयर मूल्य यस दिन २.८८ र २.५४ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ।