काठमाडौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नास्ट गान तयार गर्न सुचना जारी गरेको छ । नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नवप्रवर्तनसम्बन्धी र यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्फूटन हुने गरी नास्ट गान तयार गर्न आह्वान गरेको हो ।
नास्ट गान नेपाली भाषामा तयार गर्नुपर्नेछ । साथै ६० शब्द नबढाइ माघ मसान्तभित्र गान तयार गरी पठाउन पनि नास्टले भनेको छ।
छनौट हुने सर्वोत्कृष्ट नास्ट गानलाई ५० हजार पुरस्कार प्रदान गर्ने पनि नास्टले जनाएको छ।