झिनो अंकले घट्यो नेप्से

न्युजलय १६ फाल्गुण २०८०, बुधबार ०९:२६ मा प्रकाशित

काठमाडौँ । नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ०.८७ अंकले घटेको शेयर बजार २०००.७७ विन्दुमा पुगेर बन्द भएको छ । 

आज ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ । आज ७१ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर छ ।