खाने तेलको मूल्यमा उच्च वृद्धि

न्युजलय ६ फाल्गुण २०७८, शुक्रबार ०२:४५ मा प्रकाशित

काठमाडौं । पछिल्लो एक महिनाको बीचमा खाने तेलको मूल्य प्रतिलिटरमा ४० रुपैयाँसम्म बढेको पाइएको छ ।

 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपियाँसम्म बढेको छ ।

 

भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको सङ्घले जनाएको छ ।


सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपैयाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपैयाँ बढेर ३७० रुपियाँ पुगेको छ ।

 

यसैगरी भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपैयाँ, सूर्यमुखी तेलको २६० र तोरीको तेल (भुटेको)को ३४५ रुपैयाँ पुगेको छ ।