काठमाडौं । सोमबार (आज) सुनको मूल्य बढेको छ ।
गत सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
अघिल्लो हप्ताको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८५० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत सोमबार प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।