काठमाडौँ । वनबाट ल्याएको जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् ।
विरामी पर्नेमा गुल्मीको रेसुंगा नगरपालिका –८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार रहेको छ ।
६५ वर्षको टोमबहादुरसहित उनकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षकी सिर्जना काउछा र छोरी ३९ वर्षकी गीता थापा विरामी परेका हुन् ।
रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राति बिरामी परेका हुन् ।