नेप्से ९.९३ अंकले बढ्यो

न्युजलय २२ पुस २०८२, मङ्गलबार ०३:३४ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ९.९३ अंकले बढेको छ । योसँगै बजार सूचक २६४९.३० विन्दुमा उक्लिएको छ । 

यस दिन बजारसँगै १४८ कम्पनीको सेयर मूल्य बढेको छ । १०३ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबार रकम पनि बढेको छ । सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँबराबरको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच भयो । सोमबार ६ अर्ब ४२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।