कर्मचारीले नियमित कामको बैठकमा भत्ता लिन नपाउने

न्युजलय ८ असोज २०८२, बुधबार ०२:३९ मा प्रकाशित

काठमाडौं । अब सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीले नियमित कामको लागि बैठक भत्ता लिन नपाउने भएका छन् । मंगलबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सो निर्णय सार्वजनिक गरेको हो ।

तर, कानुन बमोजिम गठन भएको समितिको काममा कार्यालय समय बाहेकको बैठकको भत्ता भने उपलब्ध गराउन सकिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

साथै, सरकारी, आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा रहेको निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधा बापतको रकम लिन नपाउने निर्णय पनि मन्त्रालयले गरेको छ ।