नेप्से ८.१६ अंकले घट्यो

न्युजलय ४ फाल्गुण २०८२, सोमबार ०९:५६ मा प्रकाशित

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । 

सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको छ । 

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ ।

आज ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा १ करोड ९६ लाख १६ हजार कित्ता सेयर किनबेच भएको हो ।