काठमाडौँ । बिहीबारदेखि देश भरका अदालतमा बिदा हुने भएको छ।
घटस्थापनासँगै बिहीबारदेखि अदालतहरुमा नियमित काम नहुने भएको हो। अघिल्ला वर्षहरुमा जस्तै १५ दिन अदालत बन्द रहने भएको हो।
तर यसबीचमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्न विहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने सर्वोच्चले जनाएको छ ।
त्यस्तै काठमाडौँ जिल्ला अदालतले पनि शनिबारबाहेक अरु दिनमा बन्दीप्रत्यक्षीकरण र पक्राउ पुर्जीमा अनुमतिका लागि खुला रहनेछ।