२०७८ साल माघ ६ गते बिहिबार

१० हजार घुससहित वडाअध्यक्ष पक्राउ

न्युजलय २४ असोज २०७८, अाईतबार ०८:१७ मा प्रकाशित

जनकपुरधाम । महोत्तरीको एक पालिकाबाट वडाअध्यक्ष १० हजार घुससहित पक्राउ परेका छन्। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ५ का वडाध्यक्ष रामबहादुर महतोलाई १० हजार घुससहित अख्तियारले पक्राउ गरेको हो।  

वडाध्यक्ष महतोले जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत १० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो। 

महतोलाई १० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो। उनलाई आइतबार नियन्त्रणमा लिएको जनाइएको छ। वडाध्यक्ष महतोलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाइएको छ।