लमजुङमा भूकम्पको धक्का महसुस

न्युजलय ८ कार्तिक २०७८, सोमबार ०९:३० मा प्रकाशित

काठमाडौं । लमजुङ जिल्लाको पश्चिमी भेगमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको खुदीबजार भएर ४.१ रेक्टरको भूकम्प गएको हो ।


स्थानीयका अनुसार सोमबार साँझ साढे ८ बजे भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको थप विवरण आउन बाँकी छ । 


२०७२ सालमा गोरखा केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पपछि पश्चिम नेपालका जिल्लाहरुमा सानाठूला भूकम्पका धक्का महसुस भइरहेका छन् ।